एसिया कप : वर्षाको डरबीच भारतले भोलि पाकिस्तानविरुद्ध खेल्ने
काठमाडौँ- एसीसी एसिया कपको सर्वाधिक सफल टिम भारतले भोलि पहिलो खेलमा आयोजक पाकिस्तानको सामना गर्दैछ ।
समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
तर, केन्डीमा शनिबार वर्षा हुने सम्भावना रहेका कारण भारत र पाकिस्तानबीचको खेल प्रभावित हुने देखिएको छ ।
जारी एसिया कपमा भारतले समूह चरणको पहिलो खेल खेल्दा पाकिस्तानले भने दोस्रो तथा अन्तिम खेल खेल्नेछ ।
यसअघि पहिलो खेलमा पाकिस्तानले आफ्नो घरेलु मैदान मुल्तानमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५१ रन तथा इफ्तिकार अहमदले १ सय ९ रन जोडेका थिए ।
शदाब खानले भने नेपालविरुद्ध सर्वाधिक ४ विकेट हात पारेका थिए ।
भारतले पाकिस्तानविरुद्धको खेलपछि सोमबार नेपालसँग खेल्ने तालिका रहेको छ ।
भारतले समग्रमा एकदिवसीय फर्म्याटको एसिया कप सर्वाधिक ६ तथा टी-ट्वान्टी फर्म्याटको एसिया कप एकपटक जितेको छ । पाकिस्तानले भने केवल दुईपटक एकदिवसीयको एसिया कप हात पारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया