विश्वकप छनोटः भुटानलाई हराउँदै नेपालले दर्ता गर्यो तेस्रो जित
काठमाडौँ- मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
आइतबारको खेलमा ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कविता जोशीले ९ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रन तथा सीता राना मगर ८ रन जोडे । पूजा महतो ३ रनमा आउट भइन् ।
अश्मिना कर्मचार्य, इन्दु वर्मा, सम्झना कुमारी खड्का र कविता कुँवर भने शून्य रनमै आउट भए ।
भुटानका लागि अन्जुली घलेले सर्वाधिक ३ तथा छिरिङ जाङ्मोले २, अन्जु गुरुङ र सोनामले १-१ विकेट हात पारे ।
यअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन जोड्यो । भुटानका लागि डेचेन वाङ्ग्मोले सर्वाधिक २१ रन जोडिन् ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३ तथा खुसी डंगोल, कप्तान रुविना क्षेत्री र कविता कुँवरले एक-एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया