नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका जाँदै मेयर बालेन
काठमडौँ– एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच सोमबार हुने खेल हेर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् ।
शाह आइतबार साँझ ४ बजे हिमालयन एयरलाइन्सको उडानबाट श्रीलंका जान लागेको उनका प्रेस संयोजक सुरेन्द्र बजगाईंले इकागजलाई जानकारी दिए ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतबीचको खेल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको पराजय भोगेको नेपालले भारतको सिनियर टोलीविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो अवसर हो ।
भारतले भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण खेल पूरा हुन नसकेपछि पाकिस्तान र भारतले अंक बाँड्न बाध्य भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया