सन्तान जन्मिएसँगै बुमराहले नेपालविरुद्धको खेल गुमाउने
काठमाडौँ- भारतीय फास्ट बलर जसप्रित बुमराहले नेपालविरुद्ध खेल गुमाउने भएका छन् ।
एसीसी एसिया कपको समूह ‘ए’ अन्तर्गत श्रीलंकामा आज दिउँसो ३:१५ बजेबाट सुरु हुने नेपाल र भारतबीचको खेल बुमराहले गुमाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो पहिलो बच्चा जन्मिएका कारण बुमराह श्रीलंकाबाट मुम्बई पुगेका छन् ।
उनी सुपर फोरका लागि श्रीलंका पुग्ने बताइएको छ ।
उनको स्थानमा मोहम्मद शामीले नेपालविरुद्ध खेल्ने सम्भावना रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया