क्रिकेट

नेपालले पूरा गर्‍यो दुई सय रन

इकागज |
भदौ १८, २०८० सोमबार १९:३६ बजे

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ ।



Author

थप समाचार
x