क्रिकेट

एसिया कपः भारतसँग नेपाल पराजित

इकागज |
भदौ १८, २०८० सोमबार २३:४७ बजे

काठमाडौँ- एसीसी एसिया कपअन्तर्गत नेपालले भारतसँग पराजय भोगेको छ ।

समूह ‘ए’ अन्तर्गत श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । यसअघि नेपालले पाकिस्तानसँग हारेको थियो ।


यससँगै भारत सुपर फोरमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरएको छ ।

सोमबार वर्षाका कारण खेल प्रभावित भएपछि भारतले २३ ओभरमा १ सय ४५ रनको लक्ष्य पाएको थियो र उसले २०.१ ‌ओभरमा उक्त लक्ष्य पूरा गर्‍यो । भारतका लागि रोहित शर्माले ७४ रन तथा सुवमन गिलले ६७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन जोडे ।

दिपेन्द्र ऐरीले रन २९, गुल्सन झाले २३ रन, सोमपाल कामी र  सन्दीप लामिछानेले ९ रन जोडे ।

भीम शार्की ७ रन, कप्तान रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा आउट भए ।

भारतका लागि रविन्द्र जडेजाले ३ तथा मोहम्मद सिराजले ३, मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।


Author

थप समाचार
x