एसिया कपको बाँकी खेल कोलम्बोबाट हम्बान्टोटामा सर्ने सम्भावना
काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सुपर फोर र फाइनल खेल श्रीलंकाको कोलम्बोबाट हम्बान्टोटामा सर्ने सम्भावना बलियो बनेको छ ।
कोलम्बोको मौसमका कारण खेलहरु प्रभावित बनिरहँदा सुपर फोर र फाइनल खेलहरु हम्बान्टोटा सार्न लागिएको क्रिकबजले जनाएको छ ।
समूह चरणअन्तर्गत नै पाकिस्तान र भारत तथा नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित बनेको थियो ।
भारत र पाकिस्तानबीचको खेल पूरा हुन नसक्दा नेपाल र भारतबीचको खेलमा ओभर घटाइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया