क्रिकेट

भारतीय कप्तान रोहित भन्छन्: नेपालविरुद्ध फिल्डिङ खराब भयो

इकागज |
भदौ १९, २०८० मंगलबार १४:६ बजे

काठमाडौँ- एसीसी एसिया कपको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा जित हात पारेपनि भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले नेपालविरुद्ध आफ्ना खेलाडीहरुले खराब फिल्डिङ गरेको बताएका छन् ।

समूह ‘ए’ अन्तर्गत श्रीलंकामा सोमबार सम्पन्न खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको थियो ।


वर्षाले प्रभावित खेलमा भारतको जितमा कप्तान रोहितले अविजित ७४ तथा शुवमन गिलले ६७ रन बनाएका थिए ।

त्यसअघि नेपालले ४८ ‌ओभर २ बलमा सबै विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

भारतीय खेलाडीहरुले सुरुवाती पाँच ओभरभित्रै तीनवटा ‘क्याच’ गर्न असफल भएका थिए ।

त्यसलाई लिएर रोहितले आफ्ना खेलाडीहरुले खराब फिल्डिङ गरेको बताए । खेलपछिको पत्रकार सम्मेलनका क्रममा रोहितले आफ्ना खेलाडीहरुले बलिङ राम्रो गरेपनि खराब फिल्डिङ गरेको जनाए ।


Author

थप समाचार
x