क्रिकेट

सन्दीपको एकदिवसीय वरीयता पुनः खस्कियो, आशिफको वरीयतामा सुधार

इकागज |
भदौ २७, २०८० बुधबार १४:५९ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय वरीयता पुनः खस्किएको छ ।

आईसीसीको एकदिवसीयको बलिङतर्फको नयाँ वरीयताअनुसार सन्दीप ३ स्थान तल झरेका छन् । सन्दीप २८ औँ स्थानबाट ३१ औँ स्थानमा आइपुगेका हुन् ।


बलिङतर्फ नै दिपेन्द्र सिंह ऐरी ६७ औँ स्थानमा यथावत रहँदा करण केसी ८७ औँ बाट ८८ औँ स्थान झरेका छन् । सोमपाल कामी ९४ औँ स्थानबाट ९३ औँ स्थान तथा ललित राजवंशी ९८ औँ बाट ९७ औँ स्थानमा उक्लिएका छन् ।

बलिङतर्फ अस्ट्रेलियाका जोश ह्याजउड र मिचेल स्टार्क तथा न्यूजिल्यान्डका ट्रेन्ड बोल्ट शीर्ष ३ मा रहेका छन् ।

ब्याटिङतर्फ भने आशिफ शेख ७५ औँ स्थानबाट ७४ औँ स्थानमा उक्लिँदा कप्तान रोहित पौडेल ८५ औँ स्थानबाट ८६ औँ स्थानमा झरेका छन् ।

ब्याटिङको शीर्ष ३ मा पाकिस्तानका कप्तान बाबर आजम, भारतका शुवमन गिल र दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन रहेका छन् ।


Author

थप समाचार
x