क्रिकेट

अस्ट्रेलियाले गुमायो दक्षिण अफ्रिकाविरुद्धको सिरिज

इकागज |
असोज १, २०८० सोमबार १०:६ बजे

काठमाडौँ- घरेलु टोली दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको छ ।

आइतबार राति सम्पन्न अन्तिम तथा पाँचौँ खेल १ सय २२ रनले जित्दै दक्षिण अफ्रिकाले पाहुना टोली अस्ट्रेलियाविरुद्धको सिरिज ३-२ ले जितेको हो ।


आइतबार रातिको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३४ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९३ रनमात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले सर्वाधिक ७१ रन बनाए । दक्षिण अफ्रिकाका मार्को जानसेनले ५ तथा केशव महाराजले ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनायो । दक्षिण अफ्रिकाका लागि आइडेन मार्करामले सर्वाधिक ९३ तथा डेभिड मिलरले ६३ रन बनाए ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ तथा सिन अबोटले २ विकेट हात पारे ।


Author

थप समाचार
x