क्रिकेट

एसिया कपको फाइनलमा नपुगेको पाकिस्तान पुनः एकदिवसीय वरीयताको शीर्ष स्थानमा

इकागज |
असोज १, २०८० सोमबार १६:३ बजे

काठमाडौँ- एसीसी एसिया कपको फाइनलमा पुग्न असफल रहेपनि पाकिस्तान भने आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजय भोगेपछि पाकिस्तान पुनः शीर्ष स्थानमा उक्लिएको छ ।


अस्ट्रेलिया भने तेस्रो स्थानमा झरेको छ ।

यता एसिया कपको फाइनलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको भारत भने दोस्रो स्थानमा उक्लिएको छ ।

विश्वकप अघि पाकिस्तानले कुनै सिरिज नखेल्ने तथा भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको छ ।

भारत र अस्ट्रेलियाबीचको सिरिजले विश्वकप अघि वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया वा भारत रहेन भन्ने तय हुनेछ ।


Author

थप समाचार
x