क्रिकेट

घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकता : पारस खड्का

इकागज |
असोज ६, २०८० शनिबार १९:३२ बजे

काठमाडौँ- नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित भएका हुन् । कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याएका थिए भने प्रशान्तले ३७ मतमा प्राप्त गरे ।

निर्वाचित भइसकेपछि खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताए । उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउने पनि बताए । उनले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताए ।


खड्काले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताए ।


Author

थप समाचार
x