क्रिकेट

एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

इकागज |
असोज ८, २०८० सोमबार १६:८ बजे

काठमाडौँ - चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि हात पारेको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रनमात्र बनायो । 


महिला क्रिकेटको तेस्रो स्थान भने बंगलादेशले सुरक्षित गरेको छ । सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । 
 


Author

थप समाचार
x