क्रिकेट

एसियन गेम क्रिकेट : जितका लागि भारतले नेपाललाई दियाे २०३ रनकाे लक्ष्य

इकागज |
असोज १६, २०८० मंगलबार ८:२७ बजे

काठमाडौं– १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले पुरै ओभर खेलेर २०२ रन बनायो ।

भारतले नेपालविरुद्ध ब्याटिङ गर्दा ४ विकेटको क्षतिमा यो लक्ष्य दिएको हो ।


भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् ।
नवौं ओभरमा नेपालले पहिलो सफलता पाएको थियो । नवौं ओभरको पाँचौ बलमा भारतीय कप्तान ऋतुराज गायकवाड आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा रोहित पौडेलबाट उनी क्याच आउट भएका हुन् ।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा पभेलियन फर्किए ।
 


Author

थप समाचार
x