क्रिकेट

भारतीय ब्याटर गिलले विश्वकपको पहिलो खेल गुमाउने सम्भावना

इकागज |
असोज १९, २०८० शुक्रबार १०:१६ बजे

काठमाडौँ- भारतीय ओपनिङ ब्याटर शुवमन गिलले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत भारतले खेल्ने पहिलो खेल गुमाउने सम्भावना बढेको छ ।

विश्वकपअन्तर्गत भारतले चेन्नईमा आइतबार अस्ट्रेलियाविरुद्ध पहिलो खेल खेल्दैछ । तर डेंगु लागेपछि गिलले अस्ट्रेलियाविरुद्धको खेल गुमाउने सम्भावना बढेको हो ।


भारतीय टिमले बुधबार र बिहीबार अभ्यास गर्दा गिल अनुपस्थित रहेका थिए । तर बीसीसीआईले जनाएअनुसार चिकित्सकहरुले उनको निरिक्षण गरिरहेका छन् ।

सन् २०२३ मा गिल सर्वाधिक रन बनाउने खेलाडीमा पर्छन् । उनले यस वर्ष १ हजार २ सय ३० रन बनाइसक्दा उनले ४ शतक प्रहार गरेका छन् ।

यदि गिलले पहिलो खेल गुमाए उनको स्थानमा इशान किशनले भारतका लागि ओपनिङ गर्ने सम्भावना रहेको छ ।


Author

थप समाचार
x