क्रिकेट विश्वकपः खोइ दर्शक ?
काठमाडौँ- भारतमा बिहीबारबाट आईसीसी एकदिवसीय क्रिकेट विश्वकप सुरु भएको छ । बिहीबार अहमदाबादमा भएको पहिलो खेलमा न्यूजिल्यान्डले साविक विजेता इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्यो ।
भारतमा आयोजना हुने विश्वकपलाई निकै नै चासोका साथ हेरिएको छ । तर दर्शकको हिसाबले भने निकै खल्लो हुने देखिन्छ ।
बिहीबार भएको उद्घाटन खेलमै रंगशालामा दर्शक न्यून मात्रमा उपस्थित रहेका थिए । १ लाख २० हजार दर्शक क्षमताको स्टेडियम नै खाली जस्तो देखिएको थियो ।
भारतबाहेकको खेलमा दर्शन न्यून रहने सम्भावना
आयोजकका हिसाबले विश्वकपमा भारतको खेलमा दर्शकको बाक्लो उपस्थिति स्वभाविक मानिएपनि अन्य खेलमा दर्शक नहुनुले सहभागी टिमलाई पक्कै पनि खल्लो लाग्ला ।
इंग्ल्यान्डकी महिला खेलाडी डानी वयाटले सामाजिक सञ्जालमा इंग्ल्यान्ड र न्यूजिल्यान्डको खेलमा दर्शक नभएको लेखेपछि भारतीय महिला क्रिकेटर जेमिमाह रोड्रिगेजले दर्शकहरुले भारत र पाकिस्तानबीचको खेलको पर्खाइमा रहेको उल्लेख गरिन् ।
हुन त टिकट बिक्रीका क्रममा भएको ढिलाइका कारण पनि दर्शकहरु निराश बनेका छन् ।
तर भारतको खेल नभए दर्शन न्यून मात्रामा स्टेडियममा उपस्थित हुने देखिन्छ । पूर्व भारतीय क्रिकेटर तथा कमेन्टेटर रवि शास्त्रीले उद्घाटनमा भारत नभएका कारण पनि दर्शक कम भएको दावी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया