एसीसी मेन्स यु–१९ प्रिमियर कप
देव खनालको शतकमा नेपालले दियो इरानलाई ३५४ रनको विशाल लक्ष्य
काठमाडौँ– एसीसी मेन्स यु–१९ प्रिमियर कपमा नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा बिहीबारबाट सुरु भएको एसीसी यू–१९ प्रिमियर कपमा पहिलो खेलमा नेपालले ४० ओभर १ बलमा १० विकेट गुमाएर ३५३ रन बनाएकाे हाे ।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन हाने । खनालले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । यस्तै दिपक बोहोराले ६५, दीपक प्रसाद डुम्रेले ६९, दीपक कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रन बनाएका थिए ।
२५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले अहिले व्याटिङ गरिरहेको छ । अहिले सम्मको खेलमा इरानले २२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ६८ रन बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया