क्रिकेट

एसीसी मेन्स यु–१९ प्रिमियर कप : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

इकागज |
असोज २५, २०८० बिहीबार १२:५५ बजे

काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यु–१९ प्रिमियर कपमा नेपालले इरानलाई २७४ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।  ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरानले ३०.५ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै बनायो । 

पहिलो इनिङमा नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन हाने । खनालले ६० बलमा १२ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरेका थिए । 


यस्तै दिपक बोहोरले ६५, दीपक प्रसाद डुम्रेले ६९, दीपक कँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ र  सुवास भण्डारीले १८ रन बनाएका थिए ।

इरानका लागि दद्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन विकेट लिएका थिए । यस्तै जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए ।

 दोस्रो इनिङमा इरानका अमिर खोरसान्डले सर्वाधिक ३७ रन हाने । सबिर इब्राहिमिपुरले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । नेपालका लागि सुवास भण्डारी र दीपेश कँडेलले समान ३/३ विकेट लिए भने  आकाश चन्द र हेमन्त धामीले समान दुई/दुई विकेट लिए । 
 


Author

थप समाचार
x