क्रिकेट

सन्दीप लामिछानेले किन भने- 'क्रिकेट खेल्दिनँ' ?

इकागज |
असोज २६, २०८० शुक्रबार ९:११ बजे

काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले केही दिनभित्रै महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदैछ ।

नेपालले घरेलु मैदानमा हुने आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्रको छनोट खेल्दैछ । विश्वकप छनोट कात्तिक १३ देखि २० गतेसम्म काठमाडौँको मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


विश्वकपका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’ मा भने यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

नेपालमा हुने छनोटअन्तर्गत फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

विश्वकप छनोटअघि नेपालले यूएई र हङकङसँग असोज ३० देखि कात्तिक ९ गते त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।

तर त्रिकोणात्मक सिरिज र विश्वकप छनोटअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भने आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएको जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएका हुन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

उनीमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनीमाथि दायर गरिएको मुद्दा लामो समयदेखि पटक-पटक फैसलाकाे पेसी सर्दै आएकाे छ । हिजाे तोकिएको पेसीमा पनि सुनवाई हुन नसकेपछि उनी निरास भएका हुन् । 

लामिछानेले अहिले आफू निकै कठिन समयबाट गुज्रिरहेको तथा अहिले परिवारसँग समय बिताउन आवश्यक रहेको उल्लेख गरेका छन् ।


Author

थप समाचार
x