क्रिकेट विश्वकपः अफगानिस्तानसँग पाकिस्तान स्तब्ध
काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई स्तब्ध पारेको छ ।
सोमबार राति चेन्नईमा सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्यो । एकदिवसीयमा अफगानिस्तानले पाकिस्तानमाथि पहिलोपटक जित हात पारेको हो ।
जारी विश्वकपमा यसअघि साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्न २ सय ८३ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्यो ।
पाकिस्तानको जितमा इब्राहिम जदरनले ८७, रहमत शाहले ७७, रहमानुल्लाह गुरबाजले ६५ तथा कप्तान हसमातुल्लाह शाहिदीले ४८ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी तथा हसन अलीले एक-एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनाउँदा कप्तान बाबर आजमले ७४ रन तथा अब्दुल्लाह शफिकले ५८ रन जोडे ।
अफगानिस्तानका नुर अहमदले ३ तथा नविन-उल-हकले २ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया