क्रिकेट

नेपाल च्याम्पियन

इकागज |
कात्तिक ७, २०८० मंगलबार १५:५६ बजे

काठमाडौँ- ​यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएकाे थियाे ।

नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए । उत्तम रंगु थापा मगरले ५७ रन तथा अर्जून कुमालले ५५ रन बनाए । दिपक प्रसाद डुम्रेले २८ रन जोडे ।

यूएईका लागि हारित सेट्टीले सर्वाधिक ५ तथा आयान अफजल खानले २ र अमर बदामीले १ विकेट लिए ।


Author

थप समाचार
x