क्रिकेट विश्वकप
म्याक्सवेलको कीर्तिमानी शतकमा नेदरल्यान्ड्समाथि अस्ट्रेलिया विजयी
काठमाडौँ- भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि शानदार जित हात पारेको छ ।
दिल्लीमा बुधबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले कीर्तिमानी शतक पूरा गरे । उनले ४० बलमै शतक पूरा गरेका थिए ।
म्याक्सवेलले दक्षिण अफ्रिकाका आइडेन मारक्रमले श्रीलंकाविरुद्ध ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।
बुधबार अस्ट्रेलियाले दिएको ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २१ ओभरमा सबै विकेट गुमाएर केवल ९० रनमात्र जोड्न सक्यो ।
नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले सर्वाधिक २५ रन बनाउँदा अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९९ रन जोड्दा ग्लेन म्याक्सवेलले ४४ बलमा १ सय ६ रन तथा डेभिड वार्नरले ९३ बलमा १ सय ४ रन जोडे ।
नेदरल्यान्ड्सका लागि लोगान भाक बीकले सर्वाधिक ४ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया