पूर्व अस्ट्रेलियन क्रिकेटर ग्रेग च्यापेललाई आर्थिक संकट
काठमाडौँ- पूर्व अस्ट्रेलियन क्रिकेटर ग्रेग च्यापेल आर्थिक संकटमा परेका छन् । सन् २००५ देखि २००७ सम्म भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक समेत रहेका च्यापेलले आफू आर्थिक संकटमा परेको बताएका हुन् ।
सन् १९७० र ८० को दशकमा अस्ट्रेलियाका लागि ८७ टेस्ट खेल्दै २४ शतक प्रहार गरेका च्यापेलका लागि उनका साथीहरुले रकम समेत संकलन गरिरहेका छन् ।
च्यापेल आफैले आफू आर्थिक संकटमा परेको बताएका आईएएनएसले जनाएको छ । उनका लागि आर्थिक सहयोग संकलनका लागि ‘गोफन्डमी’ पेज समेत बनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया