क्रिकेट

सन्दीप लामिछाने राष्ट्रिय टिममा फर्किए, यस्तो छ टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोली

इकागज |
कात्तिक ११, २०८० शनिबार ८:५० बजे

काठमाडौं । मानसिक रुपमा तयार नभएको भन्दै यसअघिका खेल नखेलेका क्रिकेटर सन्दीप लामिछाने पुनः नेपाली टिममा फर्किएका छन् । टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा गरिएसँगै सन्दीप क्रिकेट राष्ट्रिय टिममा फर्किएका हुन् ।

स्पिनर सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ ।


टी–२० आई त्रिकोणात्मक शृङ्खलाको टिममा रहेका ४ खेलाडीलाई बाहिर राख्दै विश्वकपका लागि नयाँ टिम घोषण गरिएको हो । सन्दीपलाई राख्दै लोकेश बम, सूर्य तामाङ, मौसम ढकाल र सागर ढकाल टिममा परेनन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले एसिया क्षेत्रको खेल खेल्न लागेको हो । काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुने यो प्रतियोगिता यही १३ कात्तिकदेखि सुरु हुँदैछ ।
नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्ने तालिका रहेको छ । नेपाल सम्मिलित टिममा सिंगापुर, मलेसिया र ओमान छन् । ८ टिम सहभागी हुने छनोटबाट शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

यस्तो छ नेपाली टोली –


Author

थप समाचार
x