क्रिकेट

चोटपछि टिममा फर्किएका हेडले न्यूजिल्यान्डविरुद्ध हिर्काए शतक

इकागज |
कात्तिक ११, २०८० शनिबार १२:४१ बजे

काठमाडौँ- चोटपछि टिममा फर्किएका अस्ट्रेलियन ब्याटर ट्राभिस हेडले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा शतक हिर्काएका छन् ।

धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा जारी अस्ट्रेलिया र न्यूजिल्यान्डबीचको खेलका क्रममा हेडले विष्फोटक शतक प्रहार गरेका हुन् ।


हेडले ५९ बलमै शतक हिर्काएका थिए । न्यूजिल्यान्डका बलर ग्लेन फिलिप्सको बलमा बोल्ड हुँदा हेडल ६७ बलमा १ सय ९ बनाउँदा १० चौका र ७ छक्का हिर्काए ।


Author

थप समाचार
x