क्रिकेट

विश्वकप छनोटः नेपालविरुद्ध सिंगापुरको तेस्रो विकेट पतन

इकागज |
कात्तिक १३, २०८० सोमबार ९:४० बजे

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको सिंगापुरले सातौं  र आठौँओभरमा लगातार विकेट गुमाएको हो ।


नेपालका सन्दीप लामिछानेले  सातौं ओभरमा ६ रन बनाएका सुरेन्द्र चन्द्रमोहनको विकेट लिए भने गुल्सन झाले आठौं ‌ओभरमा रोहन रंगराजनको विकेट हात पारे । उनी ४६ रन बनाएर आउट भए । 

यसअघि नेपालका करण केसीले पहिलो ओभरमै विकेट हात पारेका थिए ।


Author

थप समाचार
x