क्रिकेट

क्रिकेट विश्वकपः अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो

इकागज |
कात्तिक १४, २०८० मंगलबार ११:४४ बजे

काठमाडौँ- अफगानिस्तानले भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

जारी विश्वकपमा अफगानिस्तानले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दै अन्तिम चारको सम्भावना बलियो बनाएको हो ।


विश्वकपमा पहिलो जित निकाल्न साविक विजेता इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको अफगानिस्तानले दोस्रो जित हात पार्दा पूर्व विजेता पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

त्यसैगरी, अफगानिस्तानले तेस्रो जित हात पार्ने क्रममा सोमबार श्रीलंकालाई ७ विकेटले पाखा लगायो ।

अफगानिस्तानले पहिलो खेलमा बंगलादेशविरुद्ध ६ विकेटको पराजय भोग्दा दोस्रो खेलमा भारतसँग ८ विकेटले पराजित भयो । अफगानिस्तानले न्यूजिल्यान्डसँग १ सय ४९ रनको पराजय भोगेको थियो ।

अब अफगानिस्तानले नेदरल्यान्ड्स, अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

अफगानिस्तानले बाँकी रहेका तीनवटै खेलमा जित हात पारेर अस्ट्रेलिया वा न्यूजिल्यान्डलाई पछि पार्न सकेको खण्डमा सेमिफाइनलमा पुग्न सक्छ ।


Author

थप समाचार
x