क्रिकेट

विश्वकप क्रिकेटः विजेता टोलीले पाउनेछ ५२ करोड नगद, कस्ले कति पुरस्कार पाउँछन ?

इकागज |
मंसिर ३, २०८० आइतबार ७:० बजे

गुजरात- आज भारतमा क्रिकेट विश्वकपको फाइनल खेल हुदैँछ । भारत र अष्ट्रेलियाका बीचमा आज साँझ हुुने फाइनल खेलमा विजेता र उपविजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् ।

भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ । फाइनल खेल आइतबार अर्थात १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । 


यस खेलका लागि पिचदेखि प्लेइङ ११ सम्म विभिन्न पक्षमा छलफल भइरहेको छ ।

आईसीसीले यस विश्वकपका लागि कुल ८२ करोड भारतीय रुपैयाँको पुरस्कार राशि घोषणा गरेको छ ।

यस प्रतियोगितामा हार्ने टोलीमा पनि करोडौं रुपैयाँ पाउनेछ । 

विश्वकपको विजेताले ३३ करोड भारतीय रुपैयाँ (नेपाली ५२ करोड ८ लाख रुपैयाँ बराबर) पुरस्कार पाउने छ भने फाइनलमा हार्ने टोलीले १६ करोड ६५ लाख (नेपाली २६ करोड ६४ लाख रुपैयाँ) मा चित्त बुझाउनु पर्नेछ ।

समूह चरणमा प्रत्येक टोलीले ९–९ खेल खेलेका छन् । यस राउण्डमा प्रत्येक खेल जित्ने टोलीले ४० हजार डलर अर्थात करिब ३३ लाख १७ हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछ । 

प्रत्येक टोलीले यो रकम छुट्टाछुट्टै पाउने छ। पूरै प्रतियोगितामा प्रत्येक खेल जितेको टोलीले यो रकम प्राप्त गर्नेछ। उदाहरणका लागि, यदि कुनै टोलीले १० खेल जित्छ भने, उसलाई ३.३१ करोड भारतीय रुपैयाँ छुट्टै रकम दिइनेछ।

त्यसैगरी समूह चरणबाट बाहिरिएका टोली अर्थात सेमिफाइनलमा पुग्न नसकेका ६ टोलीलाई १ लाख डलर अर्थात करिब ८२ लाख रुपैयाँ दिइनेछ । यस बाहेक सेमिफाइनलमा हार्ने टोली दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई ८.८ लाख डलर अर्थात् करिब ६ करोड ६३ लाख रुपैयाँ दिइनेछ ।

अब फाइनलमा विजेता र हार्ने टोलीको कुरा गर्ने हो भने उपविजेता टोलीलाई २० लाख डलर अर्थात १६ करोड ५८ लाख रुपैयाँ दिइनेछ । विजेता टोलीलाई आईसीसीले ४० लाख डलर पुरस्कार दिनेछ । अर्थात् विजेता टोलीले कुल ३३.१७ करोड रुपैयाँ पाउनेछ।

विजेता र उपविजेता टिमले पनि प्रत्येक खेल जित्दा छुट्टाछुट्टै रकम पाउनेछन् । 
 


Author

थप समाचार
x