क्रिकेट

टी-२० सिरिज : अस्ट्रेलियाविरुद्ध भारतको विजयी शुरुवात

इकागज |
मंसिर ८, २०८० शुक्रबार ७:३५ बजे

काठमाडौँ- भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बिहीबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए ।


यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।


Author

थप समाचार
x