यु-१९ एसिया कप : नेपालले आज पाकिस्तानसँग भिड्दै
काठमाडौँ- एसीसी यू-१९ एसिया कप आजदेखि युएईको दुवईमा सुरू हुँदैछ ।
एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ ।
त्यस्तै आज नै समुह ए कै भारत र अफगानिस्तानबीच पनि खेल हुँदैछ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै सुरू हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिम दुवई पठाएको छ ।
देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ ।
नेपाली टिममा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद घिमिरे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।
यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुवईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।
खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।
कुल ८ देशले भाग लिने यू-१९ एशिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।
दुवै समुहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एशिया कपको सेमिफाइनलका खेल मङ्सिर २९ (डिसेम्बर १५) मा हुने छन् भने फाइनल खेल पुस १ (डिसेम्बर १७) मा हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया