क्रिकेट

यू-१९ एसिया कप : नेपालको खराब ब्याटिङ, ५० रनमै गुमायो पाँच विकेट

इकागज |
मंसिर २२, २०८० शुक्रवार १२:३९ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खराब ब्याटिङ गरिरहेको छ ।

समूह 'ए' अन्तर्गत दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० रन बनाउन नपाउँदै पाँच विकेट गुमाएको छ ।


नेपालले १७ ओभरभित्रै पाँच विकेट गुमाउँदा केवल ४६ रन बनाउन सक्यो ।

नेपालका अर्जुन कुमाल २१ रन, तिलक भण्डारी ७ रन, आकाश त्रिपाठी ६ रन तथा गुल्सन झा १ रन बनाएर आउट हुँदा कप्तान देव खनाल शून्य रनमा पभेलियन फर्किए ।

पाकिस्तानका लागि मोहम्मद जिशनले सर्वाधिक २ तथा अमिर हसन, उबाइद शाह र अली अस्फान्डले एक-एक विकेट हात पारेका छन् ।


Author

थप समाचार
x