क्रिकेट

यू-१९ एसिया कपः के नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै कायमै छ ?

इकागज |
मंसिर २५, २०८० सोमबार १२:१ बजे

काठमाडौँ-  युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल मंगलबार भारतविरुद्ध खेल्दै छ ।

समूह 'ए' अन्तर्गत मंगलबार भारतविरुद्ध खेल्दै गर्दा नेपाली टिमको एउटै उद्देश्य भनेको भारतमाथि विशाल जित हात पार्ने तथा सेमिफाइनलमा स्थान सुरक्षित गर्ने हुनेछ ।


तर समूह चरणका अघिल्ला दुवै खेलमा पराजय भोगिसकेका कारण नेपाल नेट रनरेटमा धेरै तल छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग ७ विकेटको पराजय भोग्दा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित हुन पुग्यो ।

पाकिस्तानले आफ्नो दोस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दा नेपालको सेमिफाइनल पुग्ने झिनो सम्भावना कायमै रह्यो ।

अहिलेको अवस्थामा दुवै खेल जितेको पाकिस्तानले ४ अंक बटुल्दा समान १-१ खेलमा जित हात पारेका भारत र अफगानिस्तानसँग समान २-२ अंक छ । नेट रनरेटमा भने अफगानिस्तान भन्दा भारत अगाडि छ ।

तर मंगलबारको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्नुका साथै नेपालले पनि भारतलाई ठूलै अन्तरले पाखा लगाएर नेपालले भारत र अफगानिस्तान दुवैलाई नेट रनरेटमा पछि पार्न सक्नुपर्छ ।

नेट रनरेट:

तस्बिरः क्रिकइन्फो


Author

थप समाचार
x