मधेशमाथि एपीएफको शानदार जित, सुदूरपश्चिम पनि विजयी
काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल एपीएफ क्लबले मधेश प्रदेशमाथि शानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले मधेशलाई १० विकेटले पराजित गरेको हो । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो भने मधेशले भने लगातार दोस्रो पराजय भोगेको हो ।
शुक्रबारको खेलमा मधेशले दिएको ४१ रनको लक्ष्य एपीएफले ५ ओभर ५ बलमा पूरा गर्यो । एपीएफको जितमा सीता राना मगरले अविजित १९ तथा ज्योती पाण्डेले अविजित १६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले १९ ओभर २ बलमा सबै विकेट गुमाएर ४० रनमात्र बनाउन सक्यो । मधेशका लागि प्रतिमा साहले सर्वाधिक १५ रन बनाइन् । मधेशका लागि दोहोरो अंकमा रन बनाउने प्रतिमा नै एक्लो ब्याटर भइन् ।
एपीएफका लागि सीता राना मगरले सर्वाधिक ३ विकेट हात पार्दा रेखा रावल र सुमन विष्टले समान २-२ विकेट लिए ।
यता मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले भने लुम्बिनी प्रदेशलाई ९ विकेटले पाखा लगायो ।
जितका लागि आवश्यक ७२ रनको लक्ष्य सुदूरपश्चिमले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा कविता जोशीले सर्वाधिक २४ रन बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७१ रन बनायो । उसका लागि सरस्वती पुनले सर्वाधिक १९ रन जोडिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया