क्रिकेट

टी-ट्वान्टी वरीयताः रुविना र सिता एकै स्थानमा

इकागज |
चैत २७, २०८० मंगलबार १५:३१ बजे

काठमाडौँ- आईसीसीको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाली क्रिकेटरद्वय रुविना क्षेत्री र सिता राना मगर एकै स्थानमा रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार महिला टी-ट्वान्टीको ब्याटिङतर्फ रुविना र सिता समान ८० औँ स्थानमा रहेका हुन् ।


ब्याटिङतर्फ अस्ट्रेलियाकी म्याग्राथ ताहली, दक्षिण अफ्रिकाकी उल्भार्ट र भारतकी स्मृत मन्धाना शीर्ष ३ मा रहेका छन् ।

बलिङतर्फ शीर्ष १०० मा नेपालका कुनै पनि महिला खेलाडी नपरेपनि अलराउन्डरतर्फ रुविना क्षेत्री ५२ औँ स्थान, सिता राना मगर ७४ औँ स्थान तथा इन्दु वर्मा ७७ औँ स्थानमा छन् ।


Author

थप समाचार
x