Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

क्रिकेट

एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित

इकागज |
असोज ३, २०८१ बिहीबार ८:१६ बजे

काठमाडौँ- अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ ।

जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।


दक्षिण अफ्रीकाले दिएको केवल १०७ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुँदै छ ।


Author

थप समाचार
x