क्रिकेट

यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य

इकागज |
मंसिर १४, २०८१ शुक्रबार १६:४२ बजे

सांकेतिक फोटो

काठमाडौं-  संयुक्त अरब इमिरेट्स (युएई)मा आज शुक्रबारदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ ।

युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो । श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए ।


श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई-दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक-एक विकेट हात पारे । 


Author

थप समाचार
x