एनपीएल
कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य
काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
शुक्रबार बिहान कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए ।
त्यस्तै अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।
बलिङमा लुम्बिनीका लागि तिलक भण्डारीले २ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया