क्रिकेट

अफगानिस्तानका जद्रानको इङल्याण्डविरुद्ध शतक

इकागज |
फागुन १४, २०८१ बुधबार १८:५४ बजे

काठमाडौं - अफगानिस्तानका इब्राहिम जद्रानले जारी च्याम्पियन्स ट्रफीको इङल्याण्डविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानका लागि ओपनर जद्रानले १०५ बलमा शतक पुरा गरेका हुन् । उनले शतक पुरा गर्ने क्रममा ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।


एकदिवसीय क्रिकेटमा उनको यो छैटौं शतक हो । ३५ एकदिवसीय खेल खेलिरहेका जद्रानले ७ अर्धशतक प्रहार गरेका छन् ।

यो समाचार तयार गरुन्जेल अफगानिस्तानले ४० ओभरमा ५ विकेट गुमाउँदै २१२ रन बनाएको छ ।
   


Author

थप समाचार
x