क्रिकेट

अफगानिस्तानले इङल्याण्डलाई दियो ३२६ रनको लक्ष्य, जद्रानले बनाए १७७ रन

इकागज |
फागुन १४, २०८१ बुधबार १९:१३ बजे

काठमाडौं - अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको हो ।


अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।

त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।
        


Author

थप समाचार
x