क्रिकेट

च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै

इकागज |
फागुन १५, २०८१ बिहीबार ११:३५ बजे

काठमाडौँ- जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुँदैछ ।

पाकिस्तानको रावलपिन्डीमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुने छ ।


समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने पर्ने छैन । तर दुवै देश प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गर्ने उद्धेश्यले आज मैदानमा उत्रिने छन् ।

बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका हुन् । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

बंगलादेश र पाकिस्तानबीच एकदिवसीय खेलमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म ३९ खेल भएका छन् । जसमा पाकिस्तानले ३४ खेल जितेको छ भने बंगलादेशले ५ खेल जितेको छ ।
      


Author

थप समाचार
x