क्रिकेट

दोस्रो एक दिवशियमा पनि भारत विजयी

इकागज |
साउन ६, २०७८ बुधबार ५:४७ बजे

काठमाडौँ - श्रीलंकासँगको दोस्रो एक दिवशिय क्रिकेटमा पनि भारत विजयी भएको छ । बलरहरुले ब्याटिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेपछि भारत ३ विकेटले विजयी भएको हो । 

जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सुर्यकुमार यादवले ५३ रन बनाए । 


त्यसअघि पहिले ब्याटिङ गरेको  श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । यसअघि भएको पहिलो एक दिवशियमा पनि भारत विजयी भएको थियो । शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवशिय सिरिज २-० ले जितेको छ । अब तेस्रो एक दिवशिय शुक्रबार कोलम्बोमा हुनेछ ।


Author

थप समाचार
x