क्रिकेट

टी-ट्वान्टी सिरिज इंगल्यान्डले जित्यो

इकागज |
साउन ६, २०७८ बुधबार ५:५६ बजे

काठमाडौँ - पाकिस्तानसँगको तीन खेलको टी-ट्वान्टी सिरिज इंगल्यान्डले जितेको छ । तेस्रो टी-ट्वान्टीमा ३ विकेटको जित हात पारेसँगै इंगल्यान्डले तीन खेलको टी- ट्वान्टी सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । 

गएराती म्यानचेस्टरमा भएको तेस्रो टी-ट्वान्टीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । उसका लागि मोहम्मद रिजवानले ७६ रन बनाए । जवाफी ब्याटिङ थालेको इंगल्यान्डले दुई बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।


उसका लागि जेसन रोयले ६४ रनको योगदान दिए । तेस्रो जितसँगै इंगल्यान्डले तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो ।


Author

थप समाचार
x