क्रिकेट

दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजको खराब प्रदर्शन

इकागज |
साउन १०, २०७८ आइतबार ६:२ बजे

काठमाडौँ - अष्ट्रेलियासँगको दोस्रो एक दिवसियमा पनि वेष्ट इन्डिजले खराब प्रदर्शन गरेको छ । अष्ट्रेलियालाई १८७ रनमा अलआउट गरेर जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले १८ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ८८ रन मात्रै बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पनि १८७ रन मात्रै बनाउन सकेको छ । उसका लागि वास वेगरले सर्वाधिक ४१ रन बनाए । त्यसपछि एडम जाम्पा र म्याथ्यु वाडेले समान ३६ रन बनाए । पहिलो एक दिवसियमा अष्ट्रेलिया विजयी भएको थियो । 



Author

थप समाचार
x