क्रिकेट

दोस्रो एकदिवसीयमा वेष्ट इन्डिज विजयी

इकागज |
साउन १०, २०७८ आइतबार ८:५७ बजे

काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो । 

अष्ट्रेलियाले दिएको १८८ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरनले नटआउट ५९ र जेसन होल्डरले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ३ र एडम जाम्पाले २ विकेट लिए ।


त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया ४७ ओभर १ बलमा १८७ रनमै अलआउट भएको थियो । उसका लागि वास अगरले सर्वाधिक ४१ रन बनाए । अष्ट्रेलियालाई सस्टैमा अलआउट गर्न वेष्ट इन्डिजका अलजारी जोसेफ र अकल हुसेनले समान तीन/तीन विकेट लिए ।

सुरुवाती ब्याट्सम्यान सस्तैमा आउट भएपछि अष्ट्रेलिया हार व्यहोर्न बाध्य भएको हो । जितसँगै तीन खेलको एकदिवसीय श्रृङ्खलामा वेष्ट इन्डिजले १-१ को बराबरी ल्याएको छ । 

 


Author

थप समाचार
x