क्रिकेट

तेस्रो एकदिवसीयमा वेष्ट इन्डिज १५२ रनमै अलआउट

इकागज |
साउन १२, २०७८ मगलवार ५:४९ बजे

काठमाडौँ : अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज १५२ रनमै अलआउट भएको छ । ब्रिङटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रनमा सीमित भएको हो ।

उसका लागि इभान लेविसले सर्वाधिक नटआउट ५५ रन बनाए । त्यसबाहेक अरु ब्याट्सम्यान चल्न सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा अलआउट गर्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।


१५३ रनको झिनो लक्ष्य पाएको अष्ट्रेलियाले पनि खराब सुरुवात गरेको छ । उसले १८ ओभरको खेल सकिदा ३ विकेट गुमाएर ९२ रन बनाएको छ । तीन खेलको एकदिवसीय श्रृंखला एक-एकको बराबरीमा छ । 


Author

थप समाचार
x