क्रिकेट

दोस्रो टी-ट्वान्टीमा श्रीलंका विजयी, सिरिज बराबरी

इकागज |
साउन १४, २०७८ बिहीबार ७:५८ बजे

काठमाडौँ : भारतसँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा श्रीलंका विजयी भएको छ । बुधबार राती भएको खेलमा श्रीलंका ४ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।


जितसँगै श्रीलंकाले तीन खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो टी-ट्वान्टी भारतले जितेको थियो । 


Author

थप समाचार
x