क्रिकेट

वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजमा पाकिस्तानको अग्रता

इकागज |
साउन १७, २०७८ आइतबार ६:२ बजे

काठमाडौँ : वेष्ट इन्डिजसँगको टी-ट्वान्टी सिरिजमा पाकिस्तानले अग्रता लिएको छ । शनिबार राती भएको दोस्रो टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजलाई ७ रनले हराउँदै पाकिस्तानले १-० को अग्रता लिएको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि कप्तान बाबर अजामले ५१ रनको योगदान दिए । जवाफी ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो ।


उसका लागि निकोलस पुरनले नटआउट ६२ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता लिएको छ ।


Author

थप समाचार
x