क्रिकेट

पहिलो टी-ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई हरायो

इकागज |
साउन २०, २०७८ बुधबार ६:११ बजे

काठमाडौँ : अष्ट्रेलियासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेश विजयी भएको छ । मंगलबार राती भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।

ढाकामा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । उसका लागि शकिब अल हसनले सर्वाधिक ३६ रन बनाए । १३२ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको अष्ट्रेलिया पूरा २० ओभरमा सबै विकेट गुमाएर १०८ रनमै अलआउट भयो ।


अष्ट्रेलियालाई हराउन नसुम अहमदले ४ विकेट लिए । अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४५ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । बंगलादेश टुरमा रहेको अष्ट्रलियाले पाँच टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।


Author

थप समाचार
x