क्रिकेट

दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी

इकागज |
साउन २१, २०७८ बिहीबार ८:५२ बजे

काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पनि बंगलादेश विजयी भएको छ । ढाकामा बुधबार राती भएको दोस्रो टी–ट्वान्टीमा बंगलादेश ५ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।


१२२ रनको झिनो लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर ८ बल बाँकी छदै भेट्टायो । उसका लागि अफिफ हुसेनले सर्वाधिक नटआउट ३७ रनको योगदान दिए । जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा बंगलादेशले २–० को अग्रता लिएको छ । 


Author

थप समाचार
x