क्रिकेट

दोस्रो एकदिवसीयमा नेपालले पपुवा न्युगिनीलाई दियो २३४ रनको ल्क्ष्य

इकागज |
भदौ २५, २०७८ शुक्रबार १९:५८ बजे

काठमाडौँ - रोहित पौडेलले अर्धशतक बनाएपछि दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई २३४ रनको लक्ष्य दिएको छ । ओमानको राजधानी मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २३३ रन बनाएको हो ।

नेपालका लागि रौहित पौडेलले ८६ रनको योगदान दिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करण केसीले ४२ रन बनाए । पपुवा न्युगिनीका चड सोपरले ३ विकेट लिए । पपुवा न्युगिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । पहिलो एकदिवसीय नेपालले जितेको थियो । 



Author

थप समाचार
x